०६ असार २०८३, शनिबार

व्यापार घाटा सवा ९ खर्ब

जेठ २७, २०७५
व्यापार घाटा सवा ९ खर्ब

काठमाडौं, जेठ २७- आयात उच्च र निराशाजनक निर्यातले चालू अर्थिक बर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको  छ ।

अघिल्लो बर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार वैशाखसम्म १ सय ५२ मुलुकहरुबाट ९ खर्ब ८२ अर्ब ५४ रुपैयाँ सामाग्री आयात भएका छन् ।

आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छऽ अाजकाे कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्