
विराटनगर, २७ जेठ– संखुवासभाको मकालु गाउँपालिका– ३ का धर्मनाथ राईले श्याममायाँ राईको बायाँ हात र दायाँ हातको ३ वटा औंला काटिदिएका छन् ।
आफूलाई छाडेर अर्कैसँग विहे गरेको भन्दै ६५ बर्षका धर्मनाथले धारिलो हतियार प्रहार गरी ५० वर्षकी श्याम मायाँको हात र औंला काटेका हुन् ।
करिव ३ महिनाअघि श्रीमतीले आफूलाई छाडेर गाउँकै एकराज राईसँग दोश्रो विवाह गरेपछि धर्मनाथले अनेक धम्की दिने गरेका थिए ।
एकराजको अलैँची बगानमा रहेको कटेरोमा बसिरहेकी श्याममायाँलाई बाहिर निकालेर अचानोमा राखेर धर्मनाथले पुर्वपत्नीको दायाँ हातको पाखुरा मुनी र बायाँ हातको औंला काटेको प्रहरीले जनाएको छ ।
घटना पछि धर्मनाथ फरार छन् भने सोही घटनामा संलग्न वर्ष २३ का अजय राईलाई प्रहरीले पक्राउ गरेको छ । घटना जेठ २२ गतेको भएपनि पछि मात्र सार्वजनिक भएको प्रहरीले जनाएको छ ।