०७ असार २०८३, आइतबार

संविधान संशोधनको माग सम्बोधन नगर्दासम्म राजपा सरकारमा जाँदैन–महतो

संविधान संशोधनको माग सम्बोधन नगर्दासम्म राजपा सरकारमा जाँदैन–महतो

विराटनगर, २७ जेठ– राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन लगायतका माग सम्वोधन नगर्दासम्म सरकारमा जाने बिषयमा सोच्न नसकिने बताएका छन् । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले सरकारमा जाने विषयमा बिभिन्न चरणमा छलफल भइरहेको बताएका हुन् । तर माग सम्बोधन नहुँदासम्म सरकारमा जाने बारेमा कुनै धारणा नबनेको उनले स्पष्ट पारे ।  सरकारमा जाने बिषयमा छलफल भएपनि मन्त्रालयको बिषयमा कुराकानी नभएको उनले बताए । 

‘सरकारलाई राजपाले समर्थन गरेकै छ त्यसमा अब हाम्रो मागको बिषयमा सरकारले कसरी सम्बोधन गर्छ त्यो पर्खिएर बसेका छौ, महतोले भने । 

सरकारलाई समर्थन गरेपछि सरकारका तर्फबाट पनि काम भएमात्र सरकारमा जाने वातावरण बन्ने उनको भनाइ छ । 

उनले मधेशमा भएको ६ महिनाको कठोर आन्दोलनलाई देखाउने दाँतको रुपमा संज्ञा नदिन समेत आग्रह गरे । 

अहिले पनि संविधान संशोधन, कार्यकर्तालाई लगाएको झुठा मुद्द फिर्ता, आन्दोलनकारीहरुलाई जेलमा हालिएका बिषयहरुलाई सरकारले सम्बोधन नगरेको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्