
काठमाडौं, २७ जेठ– विश्वक कप फुटबलमा नेपालको उपस्थिति जनाउन संसदमा माग भएको छ ।
नेकपाका सांसद विरोध खतिवडाले नजिकिँदो विश्वकप फुटबल २०१८मा नेपालले सहभागीता जनाउन नसकेपनि त्यसको स्वागत गर्नुपर्ने बताए ।
‘विश्वकप नजिकिएको छ, नेपाल सहभागी हुन नपाएपनि हामीले त्यसको स्वागत गर्नुपर्छ’सांसद खतिवडाले भने,‘खेलकुद मन्त्रालय के गरिरहेको छ मलाई थाहा छैन, तर वानेश्वरको खानेपानी ट्यांकी फुटबल जस्तै छ, त्यसलाई रंगरोगन गरि विश्वकपलाई स्वागत गर्छौं भन्दै लेख्न म सुझाव दिन्छु ।’