काठमाडौं, २७ जेठ – आलिया भट्ट र रणवीर कपूरबीचको सम्बन्ध अहिले प्रारम्भिक चरणमै भएपनि यसबारेमा बलिउडमा खुबै चर्चा छ । आजकल उनीहरू सँगै देखिन थालेका छन् ।
शनिवार पनि आलिया मिडियाको क्यामरामा कैद भइन् । उनी रणवीरको परिवारसँग डिनर गर्न जाँदा मिडियाको नजरमा परिन् ।
रेस्टुराँबाट बाहिर निस्कँदा उनले रणवीरकी भान्जी समाराको हात समातिराखेकी थिइन् । त्यतिखेर रणवीरकी आमा नीतु कपूर र बहिनी रिद्धिमा कपूर साहनी पनि थिइन् ।
सेतो रंगमा आलिया एकदमै सुन्दर देखिएकी थिइन् । उनले हिल पनि लगाएकी थिइन् ।
आलिया र रणवीर छिट्टै नै ब्रह्मास्त्र नामक फिल्ममा देखिँदैछन् । त्यसमा अमिताभ बच्चन पनि हुनेछन् ।
एजेन्सी