१९ असार २०८३, शुक्रबार

किम पुगिसके सिंगापुर, ट्रम्प छन् बाटैमा

किम पुगिसके सिंगापुर, ट्रम्प छन् बाटैमा

काठमाडौं, २७ जेठ – सिंगापुरको एक रिसोर्टमा मंगलवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच भेटघाट हुँदैछ । 

शिखर वार्ताका लागि किम एयर चाइनाको विमानबाट सिंगापुर पुगिसकेका छन् । किम दोस्रोपटक विमान चढेर अर्को मुलुक पुगेका हुन् । यसअघि उनी विमानमा चीन गएका थिए ।

ट्रम्प चाहिँ आइतवार साँझ सिंगापुर पुग्दैछन् । उत्तर कोरियाका लागि शान्ति स्थापना गर्न सिंगापुर वार्ता अन्तिम मौका भएको ट्रम्पले बताएका छन् । 

ट्रम्पले ट्वीट गर्दै भने, ‘उत्तर कोरिया र संसारलाई गजबको परिणाम दिनका लागि हामीसँग मौका छ । वार्ताको दिन मेरा लागि विशेष हुने निश्चित छ । वार्ताका लागि किमले धेरै मेहनत गरेका छन् । उनले यसअघि कहिल्यै यसो गरेका
थिएनन् । म वार्ताका लागि सकारात्मक छु । हामी यो अवसर गुमाउन चाहँदैनौं ।’

सन् २०११ मा सत्तारोहण गरेदेखि किमको यो तेस्रो र सबभन्दा लामो विदेशयात्रा हो । प्योङयाङबाट सिंगापुरको दूरी ४ हजार ७ सय ४३ किलोमिटर छ । 

यसअघि उनी दुईचोटि चीन गएका थिए । 

उनले दुईचोटि दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनलाई पनि भेटिसकेका छन् तर त्यो भेटघाट सीमास्थित असैन्यीकृत क्षेत्रमा भएको थियो । 

ट्रम्प र किमको वार्ता तयारीमा दुवै देशका कूटनीतिज्ञहरूले अथक प्रयास गरेका थिए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्