![वनबाटै एक लाखलाई रोजगारी दिन्छौं, यो सम्भव छ : मन्त्री बस्नेत [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Shakti_Basnet_qNzjjB7sW1.png)
काठमाडौं, २७ जेठ – वन तथा वातावरण मन्त्री शक्ति बस्नेत वन क्षेत्रबाट एक वर्षमा एक लाख रोजगारी सृजना गर्ने महत्त्वांकाक्षी घोषणाका कारण चर्चामा छन् ।
'समृद्ध नेपाल, सुखी नेपाली'को नारालाई सार्थक बनाउन एक वर्षमा एक लाख जनालाई रोजगारी दिन सम्भव रहेको उनको भनाइ छ ।
‘लोकान्तर शो’मा कुरा गर्दै मन्त्री बस्नेतले नेपालीले महङ्गो शुल्क तिरेर विदेशबाट काठ किन्नुपर्ने अवस्थाको पनि अन्त्य गरिने बताएका छन् ।
उनले नेपालको वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन मार्फत् काठ निर्यात गर्न सकिने बताए ।
राजधानीबासीको टाउको दुखाइको विषय बनेको काठमाडौंको धूलो नियन्त्रण कहिले हुन्छ ? शहरी प्रदूषण नियन्त्रण कसरी गर्ने ? एक वर्षमा एक लाखलाई रोजगारी कसरी ?
हेर्नुहोस्, मन्त्री बस्नेतसँग गरिएको भिडियो कुराकानीः