१० असार २०८३, बुधबार

अनमिन्‌को अवशेष अब नरहने

अनमिन्‌को अवशेष अब नरहने
फाइल तस्बिर

काठमाडौं, जेठ २७ -माओवादी विद्रोहको बेला नेपालमा डाकिएको संयुक्त राष्ट्रसंघीय राजनीतिक नियोग (अनमिन्) को सम्पर्क कार्यालयको रूपमा काठमाडौंमा रहेको एकाइलाई तत्काल बन्द गर्न सरकारले राष्ट्रसंघसित पत्राचार गरेको छ ।

यसबारे सुनिएको चर्चाको सम्बन्धमा ध्यान आकृष्ट गर्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले सरकारी निर्णयको पुष्टि गरेका छन् ।

 ‘शान्तिप्रकृया अनुरूप संविधान निर्माण, सबै तहका निर्वाचन र तदनुरूप सरकार गठन भै स्थायित्वको चरण आरम्भ भैसकेकोले राष्ट्रसंघको लियाजो अफिस अब आवश्यक नभएको हुँदा सरकारले यो निर्णय गरको हो,’ पौडेलले लोकान्तरलाई बताए ।

 शान्तिप्रकृयामा प्राप्त सहयोगको लागि विश्वसंस्थाको सह्रनी गर्नाको साथै सरकारले नेपालमा राष्ट्रसंघका अन्य साझेदारी कार्यक्रम जारी रहने विश्वास व्यक्त गरेको छ , प्रवक्ताले स्पष्ट गरेका छन् ।

 अनमिन् सन् २००७ देखि २०११ सम्म नेपालमा कृयाशील थियो । अनमिन् फर्किने निधो भएपछि राष्ट्रसंघको राजनीतिक मामिला सम्बन्धी विभागलाई सरकारले शान्तिप्रकृया अनुगमनको निमित्त एक सम्पर्क कार्यालय ( लियाजो अफिस ) कायम राख्न अनुमति दिएको थियो ।   

 यस कार्यालयका गतिविधि तत्काल बन्द गरिनुपर्ने भएपनि हाल त्यहाँ  कार्यरत राष्ट्रसंघीय कर्मचारीहरूले स्वदेश फर्किनको लागि तीन महिनासम्मको पाउने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्