०४ असार २०८३, बिहीबार

सरकारी बजेट स्वाहा पार्दै श्रीमतीसँग घुमिफिर !

जेठ २८, २०७५
सरकारी बजेट स्वाहा पार्दै श्रीमतीसँग घुमिफिर !

काठमाडौं–युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेको आजको साँघु साप्ताहिकले खबर छापेको छ । 

 युवा परिषदको बजेटमा श्रीमती सहित घुम्ने मन्त्रालयका उपसचिव हुन् महेन्द्र पौडेल । उनले युवा परिषदको बजेट कसरी मिलाएर खाने भन्ने छिद्रछिद्र सिकाउने गरेका छन् । 

युवाहरुको सशक्तिकरणका लागि गठन भएको परिषदको बजेट पौडेलहरुले परिवार घुमाउनका लागि दुरुपयोग गरेका छन् । 

समाचारमा अगाडि लेखिएको छआर्थिक बर्षको समाप्ति भएकाले बजेट सक्नका लागि उपसचिव पोडेल मुगुको रारादेखि कर्णाली अन्चलका जिल्लामा सयर गर्दै तस्विर सामाजिक संजालमा अपलोड गर्न व्यस्त छन् ।

salt training

कमेन्ट गर्नुहोस्