०८ साउन २०८३, शुक्रबार

दोलखामा जीप दुर्घटना, २ को मृत्यु, ८  घाइते

दोलखामा जीप दुर्घटना, २ को मृत्यु, ८  घाइते

दोलखा, २८ जेठ–दोलखाको बिगु गाउँपालिका-४ लादुक खहरेमा आइतबार बेलुकी बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

चालक सहित ८ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया ईश्वरी थापा र सोही ठाउँका ५० वर्षीय टिका बहादुर कार्की रहेका छन् ।

 गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते मध्ये ३ जनालाई काठमाडौँ ल्याइएको छ । 

अन्य ५ जनाको भने सिंगटी सामुदायिक अस्पताल दोलखामै उपचार भइरहेको दोलखा प्रहरीले जनाएको छ । हिजो बेलुकी ७ बजे बा १४ च १६८१ नम्बरको बोलेरो जीप सडकबाट करिब १ सय मीटर तल खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्