१२ असार २०८३, शुक्रबार

उत्तर कोरिया मिडियाले देखायो अमेरिकासँग नयाँ सम्बन्ध शुरूआतको सम्भावना

उत्तर कोरिया मिडियाले देखायो अमेरिकासँग नयाँ सम्बन्ध शुरूआतको सम्भावना

काठमाडौं, २८ जेठ – उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकासँग ‘नयाँ सम्बन्ध स्थापना गर्ने’ सम्भावना प्रस्तुत गरेको छ । 

उत्तर कोरियाका नेता किम जोङ–उनले सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग ऐतिहासिक वार्ताको पूर्वसन्ध्यामा यस्तो टिप्पणी गरेको हो । 

दशकौंसम्म अमेरिकाविरुद्ध शत्रुता भएको उत्तर कोरियाले अहिले बोली परिवर्तन गरेको छ । 

उता ट्रम्पले बहुप्रतीक्षित शिखर वार्ताका विषयमा राम्रो सोच आइरहेको बताएका छन् । 

दुवै नेताहरू वार्ताका लागि आइतवार सिंगापुर आइपुगेका छन् । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो पहिलो वार्ता हुनेछ । 

ट्रम्पले सोमवार बिहान ट्वीट गर्दै सम्मेलनअघि सिंगापुरको हावामा उत्साह रहेको लेखे । 

किमसँगको बैठकले आणविक हतियार त्यागको प्रक्रियालाई शुरू गर्ने आशा उनले गरेका छन् । 

तर उत्तर कोरियाको दृष्टिकोण यस विषयमा स्पष्ट छैन । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्