चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
काठमाडौं, २८ जेठ - परम्परागत राजनीति र शास्त्रीय चिन्तनबाट मुलुक पार लाग्दैन भन्ने मान्यतासहित स्थापित भएका ‘नयाँ शक्ति’ र ‘विवेकशील साझा पार्टी’ नामका दुई राजनीतिक दलहरू वैकल्पिक राजनीतिक धारको पक्षमा अभियान चलाइरहेका राजनीतिक दल हुन् । गत स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा ‘राष्ट्रिय दल’को दलको मान्यता पाउने दुवै दलको महत्त्वाकांक्षा पूरा नभए पनि नेपालको राजनीतिमा दुवै दलहरूको धेरथोर प्रभाव परिरहेको छ ।
नयाँ शक्ति पार्टी स्थापना भएको दुई वर्ष पुग्न लागेको छ । देशलाई समृद्धिको दिशातर्फ डोहोर्याउने वाचाका साथ पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा गठन गरिएको नयाँशक्ति पार्टीले निर्वाचनमा अपेक्षाकृत मत ल्याउन सकेन । नेपाली वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्ने भनिएको नयाँ शक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडासँग हामीले ‘तपाइँहरू असफल हुनुका कारण के-के हुन् ?’ भनेर सोधेका थियौं ।
नयाँ शक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा भन्छन्–
हामी असफल भयौं जस्तो लाग्दैन । जम्मा दुई वर्षको पार्टी इतिहास बोकेर निर्वाचनमा होमियौं । निर्वाचन क्रुर शक्ति संघर्ष हुने ठाउँ पनि हो, जसरी खेलाडीहरूले महिनौं मेहेनेत गर्छन्, तर प्रतिस्पर्धामा कुनै एकले हार्नै पर्नेहुन्छ । नेपालमा आफूलाई वैकल्पिक दाबी गर्ने शक्तिहरूको कूल मत प्रतिशत ३% भन्दा धेरै छ, अर्थात् प्राविधिक रूपमा छुट्टाछुट्टै दल भएकाले कसैलाई राष्ट्रिय दलको मान्यता प्राप्त भएन । अन्यथा हामी बलियो अवस्थामा छौं ।
वैकल्पिक राजनीतिक दल भनिनेहरू पनि फरक-फरक धारका छन् । समयक्रमले त्यो दूरी कम हुन्छ भन्ने मलाई लाग्छ ।
हाम्रो संयोजक भनौं या नेता भनौं डाक्टर बाबुराम भट्टराईको इतिहाससँग हामी जोडियौं । त्यसका केही सकारात्मक र नकारात्मक पक्षहरू रहे र तिनै पक्षहरूले हाम्रो अभियानमा भूमिका खेले । डाक्टर बाबुरामको व्याक्तित्वको कारणले हामीले आमपरिचय पायौं, हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बन्यो ।
तर माओवादी द्वन्द्वसँग उहाँ जोडिएको कारणले एकथरी मतदाता बिल्कुलै नकारात्मक रहे । वैकल्पिक राजनीतिमा विश्वास गर्ने तर सशस्त्र युद्धलाई बेठिक ठान्ने धेरै मतदाताहरूले हामीलाई मत हालेनन्, जुन एउटा दु:खद् पक्ष रह्यो ।
हाम्रो नारा सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद हो । अबको लोकतन्त्रलाई सबल र सक्षम बनाउने र त्यसैका आधारमा समृद्धि ल्याउने हाम्रो मार्गनिर्देशन हो । अर्थतन्त्रमा नियामक निकायको भूमिका बढाउने र अत्यावश्यक अनि राष्ट्रिय सुरक्षासँग सम्बन्धित क्षेत्रमा राज्यको लगानी गर्ने हाम्रो आर्थिक नीति हो ।
विवेकशील साझा पार्टीसँग एकता गर्ने विषयमा हामी हतारिएका छैनौं । सतहमा हेर्दा उहाँहरू पनि वैकल्पिक राजनीतिक शक्ति नै हो । तर हाम्रा केही नीतिगत भिन्नताहरू छन् ।
उहाँहरूले नेपालको राजनीतिक इतिहासलाई ध्वंसको पर्याय देख्नुहुन्छ । ‘मेरिटोक्रेसी’मा आधारित शासन व्यवस्थाको कुरा गर्दा सहभागितामूलक लोकतन्त्रलाई बिर्सनुहुन्छ, जबकि जनतालाई सबल र सक्षम बनाउन पहिला सहभागिताको सुनिश्चितता गर्नु आवश्यक छ ।
सबै सक्षम भएपछि मात्र ‘मेरिट’हरूबीच प्रतिस्पर्धा हुने कुरा हो । उहाँहरू अब राजनीतिक बहस बेकार छ भनेर लाग्नुभएको छ ।
अबको दुई वर्षमा नयाँ शक्ति कहाँ पुग्ला भन्ने प्रश्न त्यति धेरै अहम् छैन । तर अर्को निर्वाचनमा हामी तेस्रो ध्रुवको नेतृत्व गर्ने अवस्थामा पुग्छौं भन्ने मेरो विश्वास छ ।
नयाँ शक्ति पार्टी निर्माणको क्रममा नेतृत्व तहमा देखिनुभएका तर पछि नयाँ शक्ति छाड्नुभएका साथीहरूप्रति मेरो सानो गुनासो छ । यत्तिको बुझाइ भएका साथीहरू नआएको भए हुन्थ्यो, आएपछि नगएको भए हुन्थ्यो ।"
फरक/फरक धारका भनिएका दुई दल ‘विवेकशील’ र ‘साझा’ एकीकरण भएर बनेको ‘विवेकशील साझा पार्टी’ पनि एक वर्षको हुनलाग्यो । गत साउनमा एकीकरण भएर बनेको पार्टीले पनि निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सकेन । यद्यपि काठमाडौँ उपत्याकाबाट भने उसले सम्मानजनक मत पायो ।
‘तपाइँहरू जस्तै वैकल्पिक राजनीतिक धारमा अडिएर राजनीति गर्ने नयाँ शक्ति पार्टीसँग एकीकरण हुन भएको ढिलाइले जनतालाई भ्रमित तुल्याएको जस्तो लाग्दैन ?’ भनेर हामीले विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यलाई सोधेका थियौं ।
विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले भने-
"नयाँ र वैकल्पिक शक्ति निर्माणको बहसको शुरुवात ‘परम्परागत ठूला राजनीतिक दलहरू’लाई राजनीतिक परिवर्तनका लागि धन्यवाद दिँदै नयाँ र सुसंस्कृत राजनीतिको जग बसाउनका लागि कार्यकारी नेतृत्व नयाँ पुस्तामा ल्याउने अभीष्टका साथ भएको हो ।
पुराना र शास्त्रीय मान्यता बोकेका दलहरूबाट देश पार लाग्दैन भन्ने विषयमा वैकल्पिक राजनीतिक धारको पैरवी गरिरहेका शक्तिहरूबीच कुनै मतभिन्नता छैन । वैकल्पिक राजनीति गर्नेहरू राष्ट्रिय मान्यताप्राप्त दल भएनन्, तर राष्ट्रिय राजनीतिमा हाम्रो बलियो उपस्थिति छ । यसलाई नजरअन्दाज गरिनुहुँदैन ।
नयाँ शक्तिसँग पार्टी एकीकरण गर्नुपर्ने भन्ने प्रश्नमा हाम्रा केही अहम् धारणाहरू छन् । उहाँहरूको राजनीतिक कार्यशैली हामी अनुकूल छैन । उहाँहरू अझै पनि ‘शास्त्रीय समाजवाद’ भन्दै हिँड्नुहुन्छ त्यसमा हाम्रो गम्भीर असहमति हो । यो या त्यो प्रकारको ‘वाद’ले देशलाई समृद्धि र सुसंस्कृत राजनीतिको मार्गमा हिँडाउन सक्दैन ।
हामी वैकल्पिक राजनीति सहितको नयाँ पार्टी हो भने नयाँ शक्ति पार्टी वैकल्पिक पार्टी मात्र हो भन्ने हाम्रो बुझाई रहेको छ । उहाँहरू समाजवाद र समावेशिताको आवरणमा देशलाई जातीय राजनीतितर्फ डोहोर्याउन उद्धत हुनुहुन्छ जुन समयसापेक्ष छैन ।
वैकल्पिक राजनीतिक शक्तिको बारेमा प्रस्तुतिको आधारमा मात्र कुनै धारणा बनाउनु उपयुक्त हुँदैन । हुनसक्छ हाम्रो प्रस्तुति कमजोर छ, तर हाम्रो वैकल्पिक राजनीतिप्रतिको दृष्टिकोण अरूको भन्दा सभ्य र सुसंस्कृत छ ।
नेपाल बहुराष्ट्रिय मुलुक हो भन्दै हिँड्नु तथ्यसंगत छैन । नयाँ शक्ति र त्यसका प्रमुख अभियन्ता बाबुराम भट्टराईले पटक-पटक नेपाल बहुराष्ट्रिय मुलुक हो भन्दै हिँड्नुभएको छ । युरोपीयन परिभाषालाई नेपाली भूमिमा लागू गर्न सकिँदैन ।
हामी त चाहन्छौं हाम्रो समृद्धिको नारालाई सरकारले कार्यान्वयन गरोस् । तर त्यसो हुन सम्भव छैन, जुन कुरा सरकारको नीति तथा कार्यक्रमले पनि प्रस्ट पारेको छ । सपनाहरू देखाउने, त्यसैको आधारमा भोट प्राप्त गर्ने र काम गर्ने बेलामा राष्ट्रिय स्वार्थ पनि बिर्सने, जनतासमक्ष गरेको वाचा पनि बिर्सने गर्नु धोका हो ।
हामीले बारम्बार भन्दै आइरहेको कुरा के हो भने, नयाँ युगमा नयाँ शासनप्रणाली र नयाँ नेतृत्व हुनुपर्छ । अहिले सत्ता या प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सुध्रेर जनताको पक्षमा काम गर्ने सम्भावना न्यून देखेर नै हामीले बाध्य भएर वैकल्पिक राजनीतिक धार निर्माण गर्न बाध्य भएका हौं ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...