०५ साउन २०८३, मंगलबार

काठमाडौंका सुन पसलमा गृह मन्त्रालयको छापा

काठमाडौंका सुन पसलमा गृह मन्त्रालयको छापा

काठमाडौं, २८ जेठ– सुन तस्करी प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेल नेतृत्वको समितिले राजधानीका विभिन्न गहना पसलमा छापा मारेको छ । 

समितिका संयोजक पौडेलकै नेतृत्वमा राजधानीका विभिन्न गहना पसलमा छापा मारिएको हो । 

समितिले काठमाडौंको दरबारमार्ग र न्यूरोड (नयाँ सडक)मा सञ्चालित गहना पसलमा छापा मारेको हो । 

तस्करी गरेको सुन राजधानीका गहना पसलबाट नै बिक्री हुने गरेको भन्ने सूचनाका आधारमा मन्त्रालयको समितिले छापा मारेको हो । 

समितिले न्यूरोडमा रहेको आरके ज्वलेर्सलगायत गहना पसलमा छापा मारेको हो । अारके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।

केही गहना पसलबाट सुन बरामद गरिएको गृह मन्त्रालयको छानबिन समितिले स्रोतले जानकारी दियो । 

स्रोतका अनुसार गहना पसलमा रहेको काचो सुन समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्