०४ असार २०८३, बिहीबार

आफ्नै विद्यार्थीसँग राप्रपा १२ गोलले पराजित !

आफ्नै विद्यार्थीसँग राप्रपा १२ गोलले पराजित !

काठमाडौं,  २८ जेठ- राप्रपाको विभिन्न निकायहरुबीच आज काठमाडौंमा मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनद्वारा आयोजना गरिएको फुटसलमा राप्रपा केन्द्रीय समिति, महिला संगठन, युवक संगठन, विद्यार्थीको महिला समूह, विद्यार्थीको पुरुष समूह र प्रवास विभाग गरि ६ वटा टिमले प्रतियोगितामा भाग लिएका थिए ।

राप्रपा केन्द्रीय समिति टिमको नेतृत्व प्रवक्ता भुवन पाठकले, महिला संगठन टिमको नेतृत्व महासचिव सरस्वती केसी अधिकारीले, युवक संगठन टिमको नेतृत्व अध्यक्ष प्रकाश रिमालले, विद्यार्थी पुरुष टिमको नेतृत्व अनिश सुवेदी(गणेश)ले, विद्यार्थी महिला टिमको नेतृत्व सुनिता विश्वकर्माले र प्रवास टिमको नेतृत्व रोजेश रिजालले गरेका थिए ।

 महिला संगठन र विद्यार्थी महिला टिमको मैत्रीपुर्ण खेलमा महिला संगठन पेनाल्टी सुटआउटमा १-० गोल अन्तरले विजयी भएको थियो ।

 पुरुष तर्फको खेलमा राप्रपा केन्द्रीय सचिवालय र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बीच फाइनल खेल भएको थियो । फाइनल खेलमा विद्यार्थी संगठनले पार्टी सचिवालयलाई १२ गोलले पराजित गरेको छ ।

 विजयी टिमलाइ राप्रपा उपाध्यक्ष टंक ढकालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्