३१ जेठ २०८३, आइतबार

लिङ्कन युनिभर्सिटी कलेज, मलेसियाको दिक्षान्त समारोह सम्पन्न

लिङ्कन युनिभर्सिटी कलेज, मलेसियाको दिक्षान्त समारोह सम्पन्न

लिङ्कन युनिभर्सिटी कलेज, मलेसियाले नेपालमा आफ्नो दोस्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ । जेठ २६ गते शनिबार हेरिटेज गार्डेन सानेपामा आयोजितदिक्षान्त समारोहमा तीन सय जना विद्यार्थीहरु दिक्षित भएका थिए ।

मलेसियामा रहेको लिङ्कन युनिभर्सिटीसँग नेपालका १२ वटा कलेजहरुले सम्वन्धन लिएका छन् । सम्वन्धन लिएका कलेजहरुले बिबिए, बिएचएमर एमबिए प्रोग्राम सञ्चालन गर्दै आएका छन् । दिक्षान्त समारोहमा बोल्दै पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय सभामा नेपाल कम्यूनिष्ट पार्टीको तर्फबाट संसदीय दलका नेता दिनानाथ सर्माले ‘गुणस्तरिय शिक्षा प्राप्त गर्नु हरेक विद्यार्थीको अधिकार रहेको’ बताउनु भयो ।

बदलिँदो विश्व परिवेशका कारण अन्तर्राष्ट्रिस्तरको शैक्षिक सिकाई हरेक राष्ट्रको शैक्षिक आवश्यकता बन्दै गएको तर्फ इँगित गर्दै शर्माले ‘लिंकन युनिभर्सिटीबाट उत्पादीत जनशक्तिले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने’ विश्वास ब्यक्तगर्नु भयो । 

दिक्षान्त समारोहक ाअर्का बक्ता विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर गणेशमान गुरुङले ‘आफ्नै घर परिवारमा बसेर अन्तर्राष्ट्रिय स्तरको डिग्री प्राप्तगर्न पाउनु विद्यार्थीकालागि सुखद पक्ष रहेको’बताउनु भयो । गुरुङले शिक्षाप्रदायक सम्पूर्ण संस्थाहरुको जोड सेवा प्रदानमै हुनु पर्ने बताउँ दैआफ्नो क्षेत्रगत मर्मलाई आत्मसात गर्दै ब्यवसायिकता भन्दा बढी सेवा भावमै केन्द्रित हुन आग्रह गर्नु भयो । लिङ्कन युनिभर्सिटीसँग आवद्ध कलेजहरुले पनि शैक्षिक सेवा सम्वद्ध कार्यलाई आत्मसात गर्ने गुरुको विश्वास थियो । 

सन् २००२ मा मलेसियामा स्थापित लिङ्कन युनिभर्सिटीले काठमाण्डौं, ललितपुर, बिर्तामोड, बिराटनगर, बुटवल पोखरा, पाल्पा जस्ता सहरहरुका विभिन्न १२ वटा कलेजहरुमा सम्वन्धन लिएका छन् । 

दिक्षान्त समारोहमा व्याचलरका १०० र मास्टर्सका २०० विद्यार्थीहरुलाई दिक्षितगरिएको थियो । समारोहमा लिङ्कन युनिभर्सिटीका प्रो चान्सलर डा. हजाबिबि फ्लोरिना अब्दुल्ला र भाईस चान्सलर डा. अमिया भौमिकको पनि उपस्थिति रहेको थियो । दश जनाविद्यार्थीलाई डिन पुरस्कार द्वारा पुरस्कृत गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्