०८ असार २०८३, सोमबार

रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवा प्रहरी फन्दामा

जेठ २८, २०७५
रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवा प्रहरी फन्दामा

रसुवा, २८ जेठ – अवैध रुपमा ल्याइएको यार्सा गुम्बासहित रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवालाई नेपाल प्रहरीले आज पक्राउ गरेको छ । 

प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार नेपाल चीनबीचको रसुवागढी नाका मितेरीपुलबाट कन्टेनरको डिब्बामा लुकाइल्याएको ८१० ग्राम यार्सागुम्बासहित रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ का इमान घले, सूर्यबहादुर घले र जिल घले तथा नौकुण्ड गाउँपालिका–२ का मंगल तामाङलाई पक्राउ गरिएको हो । 

अभियुक्त चारै जनालाई कारवाहीका लागि आजै लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाइएको छ । बरामद गरिएको यार्सागुम्बाको मूल्य खुलाइएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्