०१ असार २०८३, सोमबार

ट्रम्प र किमबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता

ट्रम्प र किमबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता

काठमाडौं, २९ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच मंगलबार बिहान बहुप्रतिक्षित भेटवार्ता  भएको छ । 

सिंगापुरमा एक होटलमा जारी  विश्वकै ध्यान खिचिएको उक्त भेटमा क्रममा ट्रम्प र  किमले ‘हात मिलाएको दृश्यहरु टेलिभिजन च्यानलहरुले देखाएका छन् ।  दुई देशका अधिकारीको महिनौ लामो कुटनीतिक प्रयासपछि दुई देशका प्रमुखहरुबीच भेटवार्ता हुन सम्भव भएको हो । 

 ट्रम्प र किमको भेट  र दुई देशबीचको  उच्च स्तरीय वार्ताले सार्थक रुप लिने विश्वास व्यक्त गरिएको छ। 

 ट्रम्पले भनेका छन् ‘ शिखर सम्मेलन निकै सफल हुने आशा गरेको छु । हामीबीच एक असल सम्बन्ध स्थापित हुनेछ ।’

यस्तै किमले भनेका छन्, ‘विभिन्न अन्योलताका बीच हामी बैठकका लागि सिंगापुर आइपुगेका छौं । हामी ती सबै चुनौतिका बीच पनि यहाँ छौं ।’

आणविक कार्यक्रमले आलोचित उत्तर कोरियाका सर्वोच्च नेता किम र ट्रम्पबीच आणविक कार्यक्रमको  अन्त्यका विषयमा केन्द्रीत रहेर वार्ता भएकाे  ठानिएको छ । 
–एजेन्सीको सहयोगमा 
 

salt training

कमेन्ट गर्नुहोस्