१० साउन २०८३, आइतबार

प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी

प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं, २९ जेठ – प्रधानन्यायाधीश सिफारिशका लागि संवैधानिक परिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी बैठकमा प्रधान न्यायाधीश नियुक्तिका विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र कानूनमन्त्री शेरबहादुर तामाङ सहभागी छन् ।

बैठकले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिश गर्ने तयारी छ । सर्वोच्च अदालत चैत १ गतेदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

यसअघि न्यायपरिषद्को बैठकले जोशीसहित तीन जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।

तस्वीर : डिल्ली मल्ल

salt training

कमेन्ट गर्नुहोस्