
तपाईं मोबाइल कतिखेर चार्ज गर्नुहुन्छ ? आधा आधी चार्ज सकिएपछि पक्कै पनि चार्ज गर्नुहुन्छ होला त्यसो गर्न पूर्ण रुपमा गलत हो ।
मोबाइलमा व्यापट्र १० प्रतिशतमा झरेपछि मात्र चार्ज गर्दा मोबाइलको व्याट्रि लामो समय जोगिन्छ । स्मार्ट फोनको समस्या भनेकै व्याट्रि हो । तसर्थ केही यस्ता कार्यहरु गर्नुहोस् जसबाट तपाईंको मोबाइल लामो समय टिक्छ ।
ब्याट्रि शत प्रतिशत चार्ज भएपछि पनि तपाईं त्यसलाई प्लगबाट हटाउनुहुन्न मोबाइल ? यो गलत हो । यसै कारणले फोनको ब्याट्रि लगातार खराब हुने गर्दछ । फोनको ब्याट्रि चार्ज भएपछि पनि यदि तपाईं प्लगमा राखिरहनुहुन्छ भने यसले ब्याट्रिमा नकारात्मक असर पुर्याउँछ । फोन पूर्ण रुपमा चार्ज भएपछि यसलाई तुरुन्त हटाउनुहोस् । अझ शत प्रतिशत चार्ज हुनुभन्दा पहिले नै फोनलाई चार्ज हुनबाट रोक्नुहोस् ।
हामीले फोनको ब्याट्रिलाई सुरक्षित राख्नुछ भने फोनको ब्याट्रिलाई शत प्रतिशत चार्ज हुनुभन्दा पहिले पावर प्लगबाट निकाल्नुहोस् । लिथियम आयन ब्याट्रिले पूर्ण रुपमा चार्ज हुनुभन्दा पहिले नै राम्रोसँग काम गर्दछ ।
मोबाइलको ब्याट्रि जब १० प्रतिशतमा झर्छ तबमात्र चार्ज गर्नुहोस् । ब्याट्रि पूर्ण रुपमा खाली हुन नदिनुहोस् ।
जब आवश्यक छ, त्यतिबेला मात्र यस्ता एपको प्रयोग गर्नुहोस् । यस्ता फिचर्सले निकै धेरै ब्याट्रिको प्रयोग गर्दछ ।
तपाईंले याद राख्नुभएको होला कि चार्ज भएपछि तपाईंको ब्याट्रि तातो हुन्छ । यस्तो अवस्थामा फोनलाई तातो स्थानमा वा कुनै डिभाइसमाथि राखेर चार्ज गर्नबाट बच्नुहोस् ।