१७ असार २०८३, बुधबार

कारागारमै पूजापाठको बेग्लै सुविधा : अभियुक्त श्रीनिवास आचार्य तन्त्रमन्त्रसहित ‘फलाहार’ ब्रतमा

कारागारमै पूजापाठको बेग्लै सुविधा : अभियुक्त श्रीनिवास आचार्य तन्त्रमन्त्रसहित ‘फलाहार’ ब्रतमा

विराटनगर, ३० जेठ – आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आचार्य पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा छन् । उनले कारागारमै पूजापाठ गर्ने सुविधा समेत पाएका छन् ।

प्रहरीले पक्राउ गरेपछि हिरासतमा बस्न नमानेर कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै बसेका आचार्य कारागार चलान भएपछि भने सहज रुपमा बस्दै आएका छन् । क्षेत्रीय कारागार झुम्काले आचार्यलाई छुट्टै कोठाको व्यवस्था गरेपछि उनी सहज रुपमा बस्न थालेका छन् । कारागारले आचार्यलाई पूजापाठ गर्ने बेग्लै व्यवस्था गरेको छ । उनी कारागारमा पनि पूजापाठमा व्यस्त देखिन्छन् ।

गत जेठ १६ गते प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए । आदेशपछि कारागार लाने क्रममा बिरामी भएका आचार्यलाई कोशी अञ्चल अस्पतालमा उपचारपछि सोही दिन कारागार पुर्याइएको थियो । कारागार प्रशासनले उनलाई पूजापाठ गर्ने कोठासहित बेग्लै बस्ने ब्यवस्था गरेको छ । उनी पहिला पण्डित विनोद नेपाल बस्दै आएको कोठामा बसेका छन् ।

नेपाललाई कारागारले पूजापाठ गर्ने छुट्टै कोठासहित राखेको थियो । नेपाल सजाय काटेर निस्किएपछि उनको स्थानमा श्रीनिवासलाई राखिएको हो । तर, उनले कारागारमा खाना भने खाएका छैनन् । उनले कारागारमै तन्त्रमन्त्र, पूजापाठसहित ‘फलाहार’ ब्रत समेत गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्