तनहुँ, ३० जेठ - तनहुँको म्याग्दे गाउँपालिका– ६ गाउँस्वारास्थित तोपबहादुर शाहीको घरमा आज विद्युत् चुहिएर आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।
शाहीको ढुंगा माटोले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाँडाकुँडा, अन्नपात पूर्णरुपमा क्षति भएको हो । शाहीको परिवार छिमेकीको शरण लिन बाध्य भएको बताइएको छ ।