०१ असार २०८३, सोमबार

विश्वकपकाे उद्घाटन खेलः रुसको गर्जन साउदीको आस

जेठ ३१, २०७५
विश्वकपकाे उद्घाटन खेलः रुसको गर्जन साउदीको आस

काठमाडौँ, ३१ जेठ– पूर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाकुम्भ हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । बिहीबार सुरु हुने यो महाकुम्भको सदुपयोग गर्दै इतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ, रुस ।

३२ राष्ट्र सहभागी महाकुम्भको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् । विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेबिया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन इतिहासकै कमजोर खेलका रूपमा हेरिएको छ । आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्