१९ असार २०८३, शुक्रबार

आयोगको टोलीसँग बालकले भने - ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो

कात्तिक २०, २०७४
आयोगको टोलीसँग बालकले भने - ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो
काभ्रे, २८ मंसिर- स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । टोली लक्ष्मीको घरमा पुग्दा ताला लगाइएको थियो । कुटपिट गर्ने शिक्षकसहित मृतकका श्रीमान्लाई पनि प्रहरीले हिरासतमा लिएकाले तीन बालक छिमेकीको घरमा शरणार्थी बनेका छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
मानवअधिकार आयोगको टोलीसँग मृतक महिलाकी छोरा सुमनले ममीलाई यही पोलमा सरले यसरी बाँधेको भन्दै डाँको छाडेर रोएका थिए ।balak
आयोगका अधिकृत नितु गर्तौला, दीपकुमार यादव, मुक्तिनाथ श्रेष्ठ, काभ्रेका मानवअधिकारकर्मी भोजराज तिमल्सिना, राष्ट्रिय दलित आयोगका सदस्य रुपबहादुर परियार, मणित बिक र कोपिला बिक लगायतको टोली घटनास्थल पुगेको हो ।
गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै लक्ष्मीलाई मलमूत्र खुवाएर कुटपिट गरेका थिए । लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्