०६ असार २०८३, शनिबार

क्याटरिङ व्यवसायी महासंघमा नयाँ नेतृत्व, गुणस्तरीय सेवा दिने प्रतिबद्धता

क्याटरिङ व्यवसायी महासंघमा नयाँ नेतृत्व, गुणस्तरीय सेवा दिने प्रतिबद्धता

काठमाडौं, ३१ जेठ– नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशनले लीला जिसीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । 

सोही महाधिवेशनले उपाध्यक्षमा तेविन्द्ररत्न शाक्य, हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद पाण्डे, नानीबाबु थापा, कृष्ण उपाध्याय, गोकुल देसार, राजेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण पोखरेललाई निर्वाचित गरेको छ ।

महासचिवमा उत्तमप्रकाश शर्मा, कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति, सचिवमा बलराम पौड्याल र सहकोषाध्यक्षमा मुकुन्दहरि गौतमलाई जिम्मेवारी दिइएको छ । 

देशका सबै प्रदेश तथा भूगोललाई समेटेर १५ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरिएको महासंघका कार्यालय प्रतिनिधि पवित्रा सत्यालले जानकारी दिनुभयो । 

नवनिर्वाचित अध्यक्ष जिसीले उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन उक्त व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्