
काठमाडौं, ३१ जेठ– वैदेशिक रोजगार विभागका एकजना शाखा अधिकृत सेवाग्राहीबाट घुस लिँदा लिँदै कार्यालयबाटै रंगेहात पक्राउ परेका छन् ।
विभागको बुद्धनगरस्थित कार्यालयको मिटिङ हलमा सेवाग्राहीबाट घुस लिँदा लिँदै विभागका शाखा अधिकृत राम प्रसाद ढुंगाना पक्राउ परेका हुन् ।
पूर्वसूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्दा ढुंगाना पक्राउ परेका हुन् ।