काठमाडौं, ३१ जेठ– विश्वकप–२०१८ को प्रतिक्षा समाप्त भएको छ ।
रसियाको मस्कोस्थित लुजिन्की रंगशालामा आयोजक रसिया र साउदी अबरबीच उद्घाटन खेल सुरु भएको छ ।
खेलमा सुरुवाती गोल रसियाले गरेको छ । खेलको १२ औं मिनेटमा युरी गान्जिनस्काईले गोल गरेका हुन् ।
यी दुई टोलीलाई विश्वकप इतिहासकै कमजोर टीमका रुपमा हेरिएकाकाे छ । फिफा र्यांकमा साउदी ७० र रसिया ६७ औं स्थानमा रहेका छन् ।