काठमाडौं, ३१ जेठ– विश्वकप–२०१८ अन्तर्गत उद्घाटन खेलमा रसियाले साउदी अरेबियाविरुद्ध २ गोल गरेको छ। पहिलो हाफको खेल चल्दै गर्दा रसियाले १२ औं मिनेट र ४३ औं मिनेटमा गोल गरेको हो ।
मस्कोस्थित लुजिन्की रंगशालामा भएको खेलमा खेलको १२ औं मिनेटमा रसियाका युरी गान्जिनस्काईले सुरुवाती गोल गरे ।
यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गरे । उद्घाटन खेलमा साउदी निकै दवावमा देखिएको छ ।