काठमाडौं, ३१ जेठ– बिहिबारदेखि सुरु भएको विश्वकप फुटबलमा पहिलो गोल रसियन खेलाडी युरी गजिन्सकी गरेका छन् । उनले साउदी अबरविरुद्धको खेलको १२ औं मिनेटमा गोल गरेका हुन् । जुन जारी विश्वकपकै पहिलो गोल हो । सो खेलमा रसियाले साउदीलाई ५–० गोल अन्तरले हराएको थियो ।