२२ जेठ २०८३, शुक्रबार

सैनिक सञ्चार पुनः सूचारु गर्न दुई कोरिया सहमत

जेठ ३१, २०७५
सैनिक सञ्चार पुनः सूचारु गर्न दुई कोरिया सहमत

सोल, ३१ जेठ - दक्षिण कोरिया र उत्तार कोरियाले सैन्य सञ्चार सेवा पुनः सुरु गर्न बिहीबार सम्झौता गरेका छन् । 
पश्चिमीदेखि पर्वी क्षेत्रसम्म सैन्य सम्वादका लागि मार्ग प्रशस्त गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । 
दुई देशका जनरल तहका सैन्य अधिकारीहरूको संयुक्त बैठकमा सैन्य मामिलाका विविध विषयमा छलफल भएको थियो । 

दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार विहान वार्ता सुरु भएको थियो । 

स्थानीय समयअनुसार बिहीबार १० बजे दुई कोरियाका सैनिक जनरल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए । यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको दश वर्षमै यस किसिमको यो पहिलो वार्ता भएको बताइएको छ । 

यसअघि सन् २००७ को सुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीबीच वार्ता भएको बताइएको छ । 

पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व मेजर जनरल किम डो ग्युनले गर्नु भएको थियो भने उत्तर कोरियाको तर्फबाट जनरल आन लक सनले नेतृत्व गर्नुभएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मङ्गलबार सिङ्गापुरमा भएको अभूतपूर्व शिखर वार्तापछि दुई कोरियाका उच्च सैन्य अधिकारीहरुको बैठक भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्