काठमाडौं, १ फागुन — उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि उत्तर कोरियाको यो पहिलो प्रहार हो ।

उक्त क्षेप्यास्त्र स्थानीय समयअनुसार आइतवार बिहान ७ः५५ मा प्रहार गरिएको थियो र यो जापान समुद्रतिर लगभग ५०० किमीको दूरीसम्म पुगेको दक्षिण कोरियाली अधिकारीहरूले बताए ।
प्योङयाङले विगत एक वर्षमा थुप्रै आणविक परीक्षण गरेको छ ।
आइतवार बाङ्घ्योन एयर बेसबाट क्षेप्यास्त्र प्रहार गरिएको थियो । कोरियाली प्रायद्वीपको पश्चिमी भागमा रहेको उत्तरी प्योनगान प्रान्तबाट यो प्रहार भएको थियो ।
वाशिङटनले पनि उत्तर कोरियाबाट एक क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छ ।
ट्रम्पलाई यो प्रहारका बारेमा जानकारी गराइएको बताइएको छ ।
बीबीसीबाट