२५ असार २०८३, बिहीबार

अदालतको आदेशप्रति कानूनमन्त्री असन्तुष्ट

अदालतको आदेशप्रति कानूनमन्त्री असन्तुष्ट

काठमाडौं, १ असार– कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाउने मलेसिया भीएलएन प्रालिका सञ्चालक राम श्रेष्ठलाई कम धरौटी लिएर छाड्ने जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

तामाङले आदेश जारी गर्ने न्यायाधीश अमृतकुमार बस्नेतबारे न्यायपरिषद्मा कुरा लैजाने बताएका छन् । 

सरकारी वकिल कार्यालयले श्रेष्ठविरुद्ध २ अर्ब ८६ करोड रुपैयाँ बिगो दाबी र ५ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले बुधबार उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्