
काठमाडौं, १ असार– प्रदेश दुई सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश २ मन्त्रिपरिषदको बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
साथै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले इदको उपलक्ष्यमा सबैमा सुभकामना समेत दिएका छन् ।