१६ असार २०८३, मंगलबार

फोटो सेयर गर्दै हुनुन्छ ? ख्याल गर्नुस्, यस्तो संकट पर्ला !

फोटो सेयर गर्दै हुनुन्छ ? ख्याल गर्नुस्, यस्तो संकट पर्ला !

सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो शेयर गर्ने समयमा भिक्टोरिया पोपोवालाई यो अनुमान पनि थिएनकी एक फोटोका कारण उनको जागिर खोसिनेछ । 

२६ वर्षकी भिक्टोरिया रुसको ओम्स्कमा एक स्कूलमा पढाउँथिन् । केही दिन पहिला उनले इन्साग्राममा आफ्नो एक फोटो शेयर गरिन् । जसमा उनी स्विमिङ सूलमा थिइन् । उक्त फोटोका कारण उनको नोकरी गयो । 

साइबेरियन टाइम्सले स्कूललाई उर्दत गर्दै लेखेअनुसार यस्तो गरेर भिक्टोरियाले स्कूल र शिक्षण पेशालाई अपमानित गरेकी छिन् । 

तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको उनको समर्थनमा उभिएका छन् । 

करिब तीन हजार मानिसले स्विमिङ सूट लगाएको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै भिक्टोरियाको बर्खास्तीको विरोध गरिहेका छन् । 

धेरै जसो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले स्कूलको कदमको विरोध गरिरहेका छन् ।। 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भिक्टोरिया शिक्षिका मात्र नभएर एक मानिस पनि भएको र उनको स्वतन्त्र इच्छा हुने बताइरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्