०८ असार २०८३, सोमबार

नेपालस्थित राष्ट्रसंघीय शरणार्थी नियोगमा नयाँप्रतिनिधि

असार १, २०७५
नेपालस्थित राष्ट्रसंघीय शरणार्थी नियोगमा नयाँप्रतिनिधि

काठमाडौँ, १ असार – नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) की नवनियुक्त प्रतिनिधि बुश्रा हालेपोटाले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । 

उहाँ नेपाल आउनुभन्दा अगाडि उहाँ सोमालियास्थित राष्ट्रसंघीय शरणार्थी नियोगमा कार्यरत हुनुहुन्थ्यो । 

सो अवसरमा उहाँले नेपालले विभिन्न देशबाट आएका शरणार्थीका लागि आश्रय दिएर लामो समयदेखि उदारता प्रदर्शन गरिरहेको बताउँदै नेपाल सरकार र यसका साझेदारसँगको समन्वयमा शरणार्थी व्यवस्थापनको दिगो समाधानका लागि आफूले काम गर्ने उल्लेख गर्नुभयो । 

राष्ट्रसंघीय शरणार्थी नियोगले अहिले पनि पूर्वी नेपालको बेलडाँगी र शनिश्चरेमा अवस्थित दुई भुटानी शरणार्थी शिविरमा रहेका करिब सात हजार शरणार्थीको संरक्षण र सहायता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्