०९ असार २०८३, मंगलबार

भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि ठोस कदम

भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि ठोस कदम

काठमाडौँ –गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताएका छन् । 

आज मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले  जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताए । 
सोही अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मगर समुदायका ऐतिहासिक –सांस्कृतिक चार्डपर्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । 
खानेपानीमन्त्री विना मगरले नेपालमा भएका हरेक परिवर्तनका आन्दोलनमा मगर समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए । 
नेपाल मगर संघका अध्यक्ष नवीन रोक्काले आदिवासी जनजाति समुदायले मनाउँदै आएको चाडपर्वका अवसरमा दिइएको बिदालाई सरकारले कटौती गरेकामा गुनासो गरे । 

salt training

कमेन्ट गर्नुहोस्