
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत स्पेन र पोर्चुगल बीचको दाेस्राे हाफ सुरु भएकाे छ । पहिलो हाफको खेल सम्पन्न हुँदा पोर्चुगल र स्पेन २–१ को स्थितिमा रहेका छन् ।
पहिलो हाफमा पोर्चुगललाई अग्रता दिलाउने क्रममा क्रिस्टियानो रोनाल्डाले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले टीमको लागि दुई गोल गरेका छन् । रोनाल्डोले खेलको चौथो मिनेटमै गोल गरे । यस्तै स्पेनका लागि डिएगो कोस्टाले २४ औं मिनेटमा बराबरी गोल गरेपनि पहिलो हाफको अन्त्यतिर रोनाल्डोले अर्को गोल गरे । पाेर्चुगलकाे अग्रतासँगै स्पेन दवावमा देखिएकाे छ ।
समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो ।
दुवै टिमले जित आफ्नो पक्षमा रहेको दावी गरेका छन् । स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ र उसलाई विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ ।
तुलनात्क रुपमा पोर्चुगलको अवस्था केही कमजोर देखिन्छ । तर यो टिममा यो शताब्दीकै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो हुनु ठूलो कुरा हो ।