
काठमाडौं, २ असार– फिफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेल जारी छ । पहिलो हाफमा २–१ गोल अन्तरले पछि परेको स्पेनले दोस्रो हाफमा फेरि अग्रता लिएको छ । स्पेनका डिएगो कोस्टाको २ गोलको मद्दतमा स्पेनले पोर्चुगल विरुद्ध ३–२ को अग्रता बनाएको छ । कोस्टाले खेलको २४ औं र ५५ औं मिनेटमा टीमको लागि गोल गरे । यस्तै नाचोले पनि ५८ औं मिनेटमा अर्को गोल थपे ।
यसअघि पहिलो हाफमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डाले उत्कृष्ट प्रदर्शन गरे । रोनाल्डोले खेलको चौथो मिनेटमै गोल गरे भने पहिलो हाफको अन्त्यतिर पनि अर्को गोल गरे ।
समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो ।
दुवै टिमले जित आफ्नो पक्षमा रहेको दावी गरेका छन् । स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ र उसलाई विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ ।
तुलनात्क रुपमा पोर्चुगलको अवस्था केही कमजोर देखिन्छ । तर यो टिममा यो शताब्दीकै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो हुनु ठूलो कुरा हो ।