३१ जेठ २०८३, आइतबार

चुरे तराईको समृद्धिको आधार

असार २, २०७५
चुरे तराईको समृद्धिको आधार

काठमाडौं, २ असार-तराईको सुरक्षा कवचका रूपमा रहेको चुरे क्षेत्रको संरक्षणमा सरोकारवाला निकायले चासो व्यक्त गरिरहेका छन् ।  राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले स्थापना दिवसको अवसरमा चुरे क्षेत्रमै विशेष कार्यक्रमहरू गरी मनाउँदै आएको छ । ‘चुरे संरक्षण हाम्रो कार्यभार, बनाऔं यसलाई समृद्घिको आधार’ भन्ने नाराका साथ यस वर्षको चुरे दिवस आज९शनिबार० मनाउन लागिएको समितिका सदस्य विदुर भारतीले जानकारी दिए । ‘चुरे क्षेत्रलाई कसरी दिगो रूपमा संरक्षण गर्न सकिन्छ रु भन्ने विषयलाई गम्भीर रूपमा लिएर हामीले कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘यसबाहेक चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई, चुरे रहे पानी, पानी रहे हामी नाराका साथ वर्षैभरि चुरे संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।’

चुरे क्षेत्रका ३६ जिल्लामा वृक्षरोपण तथा वन संरक्षणका गतिविधि सञ्चालन गरिने समितिले जनाएको छ । समिति सदस्य भारतीका अनुसार समितिले मुख्य कार्यक्रमअन्तर्गत शनिबार कपिलवस्तुको वाणगंगामा १० बिघा क्षेत्रफलमा वृक्षरोपण गर्नेछ । महाभारत पर्वत शृंखलाको दक्षिणी सिमानाबाट तराई मैदानको उत्तरी सिमानाबीचको होचो डाँडा र पर्वत शृंखलालाई चुरे भनिन्छ । नेपालको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ । पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू चुरे क्षेत्र भई तराईतर्फ बग्ने भएकाले प्राकृतिक रूपमा यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ । पछिल्लो समय चुरेको वन विनाश, ढुंगागिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्रमा जोखिम बढेको छ, राजधानी दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्