०२ असार २०८३, मंगलबार

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं, २ असार– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन् । चीनले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै उनले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणासमेत गरेका छन् ।

वार्षिक व्यापारमा ३४ अर्ब डलर मूल्य बराबरको ८ सय भन्दा बढी उत्पादनमा असर पार्ने भनिएको यो निर्णय आगामी जुलाई ६ तारिखदेखि लागू हुने छ ।

अमेरिकी राष्ट्रपतिको यस्तो निर्णयसँगै चीनले त्यसको जवाफ स्वरुप प्रतिवाद गर्ने जनाइसकेको छ । ह्वाइट हाउसले यदि चीनले बदला लिए थप कर लगाउने चेतावनी दिएको छ ।

अमेरिकाले चीनले बौद्धिक सम्पत्ती र उत्पादनका उपायहरु चिनियाँ कम्पनीहरुमा पठाउने प्रोत्साहन गरेको आरोप लगाउँदै चीनले त्यस्तो गर्न बन्द गरोस् भन्ने चाहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्