१२ असार २०८३, शुक्रबार

कम्युनिस्ट सरकारले दमन गरेको भन्दै कांग्रेस नेताहरूले दिए यस्तो चेतावनी !

कम्युनिस्ट सरकारले दमन गरेको भन्दै कांग्रेस नेताहरूले दिए यस्तो चेतावनी !

काठमाडौं, २ असार– नेपाली कांग्रेसको सुर्खेतस्थित पार्टी कार्यालयमा प्रहरी प्रवेश गरेर आफ्ना कार्यकतालाई कुटपिट गरेको भन्दै कांग्रेस नेताहरूले कडा आपत्ति जनाएका छन् । 

पटक–पटक भएको मूल्यवृद्धिका विरुद्धमा उत्रिएका विद्यार्थीहरुलाई सुर्खेतस्थित पार्टी कार्यालयमा प्रवेश गरी प्रहरीले कुटपिट गरेकोप्रति कांग्रेसका १४ जना केन्द्रीय सदस्यहरुले कडा आपत्ति जनाएका हुन् । 

पार्टी कार्यालयमा प्रवेश गरी कुटपिट, आक्रमण, धरपकड र पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाको वरखिलाप मात्र नभएर दण्दहिनताको पराकाष्ठा भएको भएको उनीहरूको भनाइ छ ।

कांग्रेसका केन्द्रीय सदस्यहरू नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंले संयुक्त विज्ञप्तीमा जारी गर्दै कम्युनिस्ट सरकारको पालामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा मात्र होइन सरकारले आगामी दिनमा चाल्ने कदमप्रति पनि गम्भीर आशंका पैदा गरेको जनाएका छन् ।

विज्ञप्तीमा लेखिएको छ, “आम जनसरोकारका विषयलाई शान्तिपूर्ण आन्दोलन मार्फत प्रस्तुत गर्ने र सरकारलाई दवाव दिने माध्यम भनेकै ‘जुलुस प्रदर्शन’ लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने पहिलो माध्यम र अंग पनि हो । पञ्चायतकालीन कालरात्रीमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै प्रहरी प्रवेश गर्ने र आक्रमण गर्ने घटना भएका थिएनन् ।”

विज्ञप्तीमा घटनामा संलग्नलाई कारवाही गर्न र सरकारको तर्फबाट क्षमा याचना गर्न माग गरिएको छ । सरकारका यस्ता खालका अमानवीय र दमनपूर्ण रवैया रहीरहे विद्यार्थीहरुले जारी राखेको शान्तिपूर्ण प्रदर्शन गाउँ देखि सहर हुँदै सिंहदरवारसम्म पुग्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्