०६ असार २०८३, शनिबार

विराटनगरमा पर्‍यो हिलो मिसिएको पानी (फोटोफिचर)

विराटनगरमा  पर्‍यो हिलो मिसिएको पानी (फोटोफिचर)

विराटनगर, २ असार– यसवर्ष मनसुन चाँडै शुरु भएको छ । देशका विभिन्न भागमा केही दिनयता वर्षा पनि भइरहेको छ । 

पछिल्लो समय आकाशबाट खसेको पानी धमिलो भएको हल्ला चलिरहेका बेला गएराति विराटनगरमा पनि धमिलो पानी परेको छ । क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले आकाशबाट झरेको पानीको धमिले दागहरू सहित सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अहिले सम्म नदेखिएको कुरा महसुस गर्न पाइएको बताएका छन्  । 

आकाशबाट परेको पानीमा हिलो मिसिएको पानीको बर्षा भएको उनले उल्लेख गरे । वर्खामा खोलामा हुने पानी जस्तै धमिलो पानी गएराति विराटनगरमा पनि परेको सामाजिक सञ्जालहरूमा आएका हुन् । 

राती अबेर परेको पानीमा धमिलो पानी बर्षा भएको थियो । नेपालको पश्चिमी क्षेत्र कपिलवस्तु, रुपन्देही तथा बाँकेमा पनि शुक्रवार दिउँसो आकाशबाट धमिलो पानी बर्षिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्