१९ असार २०८३, शुक्रबार

अझै केही दिन पर्छ 'धमिलो वर्षा' !

मनसुन सक्रिय नहुँदासम्म ‘धमिलो वर्षाको प्रभाव रहिरहने’
अझै केही दिन पर्छ 'धमिलो वर्षा' !

काठमाडौं, २ असार – पश्चिम नेपालबाट शुुरू हुँदै मध्य र पूर्वी नेपालसम्म पुगेको धमिलो वर्षाले सबैलाई आश्चर्यमा पारेको छ ।

वर्षा नै घमिलो भएर खुला आकाशमुनि राखिएका सरसामान फोहोर भएपछि ‘अचम्मको वर्षा’प्रति सबैले चासो बढाएका छन् । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो आफ्नो वेवसाइटमा जानकारी राख्दै भारतको राजस्थान आसपासको मरुभूमिमा चलेको धुलोको हुरीका कारण नेपालमा धमिलो वर्षा भएको जनाएको छ । महाशाखाका अनुसार मनसुन पूर्णरुपमा सक्रिय नहुँदासम्म यस्तो प्रभाव जारी रहने छ ।

‘राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हुरी चलिरहेको र सो पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सक्रिय भइ देशको पश्चिमी भागसम्म नफैलिँदासम्म अझै केही दिन सो धुलोको प्रभाव नेपालको वायूमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना छ,’ महाशाखाको जानकारीमा लेखिएको छ ।

महाशाखाले वेवसाइटमा राखेको सूचना यस्तो छ :-

जारी मिति : २०७५/०३/०२ (१२ बजे)

हिजो साँझबाट देशका विभिन्न भु–भागहरूमा पहेंलो धुलो सहितको धमिलो वर्षा भएको भन्ने विभिन्न माध्ययमबाट जानकारी हुन आएकोमा विभागको ध्यान आकृष्ट भएको छ ।

भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमशः पूर्वतिर सर्दै गंगाको फाँट माथिको वायूमण्डलमा विस्तार हुँदै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हुँदा हिजो रातिबाट परेको वर्षामा धेरै स्थानहरूमा धमिलो वा पहेंलो रंगको हिलो मिसिएको पानी परेको देखिन्छ ।

राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हुरी चलिरहेको र सो पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सक्रिय भइ देशको पश्चिमी भागसम्म नफैलिँदासम्म अझै केही दिन सो धुलोको प्रभाव नेपालको वायूमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्