२० असार २०८३, शनिबार

अमेरिकाको सबभन्दा खतरनाक जेल, यहाँ भूतले एकअर्कासँग कुरा गर्छन्

कात्तिक २०, २०७४
अमेरिकाको सबभन्दा खतरनाक जेल, यहाँ भूतले एकअर्कासँग कुरा गर्छन्
काठमाडौं, १ फागुन — सन् १८८६ मा बनेको अमेरिकाको ओहायोस्थित स्टेट रिफर्मरी जेल त्यस देशकै सबभन्दा खतरनाक कारागार मानिन्थ्यो । सन् १९९० मा यसलाई बन्द गरियो ।


अहिले चाहिँ यो हलिउडको फिल्म शूटिङ गर्ने थलोका रूपमा परिचित छ । सन् १९९४ मा आएको प्रसिद्ध फिल्म 'द शश्यांक रिडेम्प्सन'को शूटिङ यहीँ भएको थियो ।

सन् १८८६ देखि १९९० सम्म यो जेलमा डेढ लाखभन्दा बढी कैदी बसिसकेका छन् । सजाय काट्दा काट्दै यहाँ २०० कैदीहरूको मृत्यु भएको थियो ।

चारजना कैदीलाई विद्युतीय कुर्सीमा राखेर मृत्युदण्ड दिइएको थियो । यसका अलावा जेलका सुपरीवेक्षक, उनकी पत्नी र २० वर्षीया छोरीलाई अपहरणपछि हत्या यहीँ गरिएको थियो ।

यहाँ आउने पर्यटकहरूले मरेका कैदीका भूतहरूको साउती सुनेको दाबी गरेका छन् ।

जेलपछाडि एउटा चिहान छ जहाँ कैदीहरूलाई गाडिएको छ । जेलमा नराम्रो व्यवहार देखाउने कैदीलाई एकान्तवासमा राखिन्थ्यो । एक्लै बस्नुपर्दा उनीहरू त्यहाँ पागल हुन्थे र आत्महत्या गर्थे । जेलबाट भाग्ने क्रममा कैदीहरूको मृत्यु भएको थियो ।

यिनै कैदीहरू भूत बनेको विश्वास गरिन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्