३१ जेठ २०८३, आइतबार

‘वलात्कार’ आरोपी छाड्न माग गर्दै प्रदर्शन, यस्तो छ स्थानीयको दाबी

असार ३, २०७५
‘वलात्कार’ आरोपी छाड्न माग गर्दै प्रदर्शन, यस्तो छ स्थानीयको दाबी

दाङ, ३ असार –बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् ।

इलाका प्रहरी कार्यालयअगाडि भेला भएर स्थानीयले प्रशासनविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ ।

 नयाँ पत्रिकाअगाडि लेख्छ–गढवा ६ का भरतप्रताप यादव र सोही ठाउँकी १४ वर्षीया किशोरीबीच २८ फागुन ०७४ मा प्रेम विवाह भएको दाबी केटापक्षले गरेका छन् । केटापक्षका अनुसार ४ महिना उनीहरुसँगै बसेका थिए ।

केटापक्षले किशोरी अस्वीकार गरेपछि किशोरीका अभिभावकले जेठ १६ गते यादवविरुद्ध प्रहरी कार्यालयमा बलात्कारको मुद्दा दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्