१२ असार २०८३, शुक्रबार

युद्धविरामका समयमा तालिवानको आक्रमण, २० अफगानी सर्वसाधारणको मृत्यु

युद्धविरामका समयमा तालिवानको आक्रमण, २० अफगानी सर्वसाधारणको मृत्यु

जलालावाद, ३ असार- अफगानिस्तानमा तालीवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाति आक्रमणकारीले वम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् । 

घटनामा कम्तीमा १६ जना घाइते भएका छन् । पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा घाइते भएका सबैजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

प्रान्तीय गभर्नरका प्रवक्ता अतुल्लाह खोग्यानीले घटनाको पुष्टि गर्दै भन्नुभयो, “युद्धविरामका समय गराइएको आत्मघाती विस्फोटका कारण २० जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन् ।” 

salt training

कमेन्ट गर्नुहोस्