३० जेठ २०८३, शनिबार

विश्वकपमा आज तीन खेल, कुन कति बेला ?

विश्वकपमा आज तीन खेल, कुन कति बेला ?

काठमाडौं, ३ असार– रुसमा जारी विश्वकप फुटबलमा आइतबार तीन खेल हुँदैछ । आज समूह ‘ई’ का दुई र समूह ‘एफ’को एक खेल हुन लागेको हो ।

आजको पहिलो खेलमा समूह ‘ई’ बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन् । कोष्टारिका र सर्बियाको खेल नेपाली समय अनुसार समरा रंगशालामा साँझ ५ः४५ मा शुरु हुनेछ ।

समूह ‘ई’ कै अर्को खेलमा राति ११ः४५ बजे ब्राजिल र स्विजरल्याण्डे प्रतिस्पर्धा गर्दै छन् । खेल रोस्तोभ एरिनामा हुने छ ।

यसैगरी अर्को खेलमा साबिकको बिजेता जर्मनी र मेक्सिको भिड्दै छन् । समूह ‘एफ’का यी दुई टोलीको खेल नेपाली समय अनुसार राति ८ः४५ मा शुरु हुनेछ । खेल लुजिनिकी रंगशालामा हुन लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्