०१ असार २०८३, सोमबार

सरकार चुनाव गराउने पक्षमा देखिएन्: सचिव भट्टराई

कात्तिक २०, २०७४
सरकार चुनाव गराउने पक्षमा देखिएन्: सचिव भट्टराई

सोलुखुम्बु,१ फागुन- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा एमाले २०७४ सालको मङ्सिरभित्रमा तीनैवटा तहको निर्वाचन गराउनुपर्ने पक्षमा रहेको बतएका छन्।

आज प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुले सल्लेरीमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले वर्तमान सरकार चुनाव गराउने पक्षमा नदेखिएकाले सरकारको औचित्य समाप्त हुँदै गएको विचार व्यक्त गरे।

उनले व्यवस्थापिका ससंद्मा दर्ता भएको संविद्यान संशोधन विधेयक औचित्यहिन भएकाले त्यसलाई थाती राखेर चुनावको तैयारीमा सरकार जुट्नु पर्नेमा जोड दिए। पत्रकारको जिज्ञासामा उनले चुनाव र संशोधन प्रक्रिया एक अर्कामा जोडेर हेर्न नहुने स्पष्ट पारे।

उनले कुनै पनि दलसँग स्पष्ट बहुमत नभएका कारण मिलेर जानुको विकल्प नरहेको बताए। रासस

salt training

कमेन्ट गर्नुहोस्