०७ असार २०८३, आइतबार

सुन समितिको म्याद एक महिना थपियो, ‘ठूला माछा’ फेला पर्लान् ?

सुन समितिको म्याद एक महिना थपियो, ‘ठूला माछा’ फेला पर्लान् ?

काठमाडौं, ३ असार– तस्करीको ३८ कि्वन्टल सुन र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलको नेतृत्वमा गठित समितिको म्याद पुनः एक महिनाका लागि थपिएको छ । 

गत चैत २० गते बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको समितिले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन गरी ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ । गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरेर ल्याइएको सोढ ३३ किलो सुन हराइएको भन्ने चर्चाका बीच सुन तस्करीमा भरियाको काम गर्दै आएका सनम शाक्यकको हत्या भएपछि सुन प्रकरण बाहिरिएको थियो । 

सुन प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)देखि प्रहरीका बहालवाला वरिष्ठ अधिकारी मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । 

सनमका आफन्तको जाहेरीपछि सरकारले ४५ दिनको म्यादसहित समिति गठन गरेको थियो । त्यसपछि जेठ मसान्तसम्मका लागि एक महिना म्याथ थप गरिएको समितिको म्याद पुन असार मसान्तसम्मका लागि थप गरिएको हो । 

‘ठूला माछा’ फेला पर्लान् ?

सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिले २०४५ सालदेखि नै नेपालमा सुन तस्करी हुने गरेको तथ्य फेला पारी जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । 

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त बनाइएका गोरेसमेत पक्राउ पर्दा तस्करीमा संलग्न ठूला व्यक्ति (ठूला माछा)को भने अझै पनि खोजी जारी छ । थुनामा रहेका गोरले सुन तस्करीमा आफू भरिया मात्रै रहेको र तस्करीमा धेरै ठूला व्यक्तिको संलग्नता रहेको बयान अदालतमा दिएका थिए । 

गोरेको बयानसँगै समितिले सुन तस्करीमा संलग्न ठूला व्यक्तिको खोजी तीब्र रुपमा अगाडि बढाएको जनाएको छ । 

गत जेठ ८ गते (मंगलवार) गोरे पक्राउ परेयता समितिले सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहन कुमार अग्रवालको घर, सुन तस्करी प्रकरणमा थुनामा रहेका सुन व्यापारी राजेन्द्रमान शाक्यको आरेक ज्वेलर्स र सुन तस्करीका फरार प्रतिवादी चेतन भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको छ । 

समितिले एमके अग्रवालको घरबाट ३ वटा, ३० लाख रुपैयाँ नगद, १० तोला र २ किलो चाँदी बरामद गरेको थियो । अग्रवालको घरबाट सुन तस्करीमा प्रयोग हुने ज्याकेट, सुन राख्ने बट्टा र केही महत्वपूर्ण कागजात समेत बरामद गरिएको समितिले जनाएको छ । 

यस्तै आरके ज्वेलर्सबाट समितिले ठूलो परिमाणमा सुनका गहना नियन्त्रणमा लिएर पसल सिल गरेको थियो । 

बाजेको सेकुवामा भने सुन र गहना फेला नपरे पनि समितिले पसल सिल गरिको थियो ।   
 

salt training

कमेन्ट गर्नुहोस्