०२ असार २०८३, मंगलबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कति कायम भयो ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कति कायम भयो ?

काठमाडौँ, ३ असार  नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । 

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य प्रतिलिटर रु ११३ थियो । 

प्रवक्ता गोइतका अनुसार डिजेल र मट्टितेलमा पनि समान दुई÷दुई रुपैयाँ घटाइएको छ । अब डिजेलको र मट्टितेलको मूल्य प्रतिलिटर रु ९३ भएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्