१८ असार २०८३, बिहीबार

विश्व विजेता जर्मनी मेक्सिकोसँग पराजित

विश्व विजेता जर्मनी मेक्सिकोसँग पराजित

काठमाडौं, ३ असार– साविकको विश्व विजेता जर्मनी मेक्सिकोसँग पराजित भएको छ ।  आइतबार राती सम्पन्न खेलमा जर्मनी मेक्सिकोसँग १–० ले पराजित भएको हो ।  


मेक्सिकोका हार्भिन लोजानोले खेलको ३५ औं मिनेटमा जर्मनीविरुद्ध गोल गरेका हुन् । त्यसपछि दुबै टाेलीबाट कुनै गाेल हुन नसकेपछि मेक्सिकाेले हानेकाे ३५ अाै मिनेटकाे गाेल नै जितका लागि निर्णायक बन्याे । हुन त  आजको

खेलमा जर्मनीले मेक्सिको पोस्टमा निरन्तर प्रहार गरेपनि गोलकाे दिशा लिन सकेकाे थिएन ।  मेक्सिकोले पनि थुप्रै राम्रो अवसरहरु गुमाएको थियो ।

यसअघि विश्वकपमा जर्मनी र मेक्सिको तीनपटक भिडेका थिए भने  तीनै खेलमा जर्मनी विजयी भएको थियो ।

 स्मरण रहाेस् जर्मनीले विश्वकपमा पहिलो खेल हारेको सन् १९८२ पछि याे नै  पहिलो पटक हो ।

salt training

कमेन्ट गर्नुहोस्